विराटले अनुष्कालाई दिए अत्याधिक महँगो औंठी उपहार !

विराटले अनुष्कालाई दिए अत्याधिक महँगो औंठी उपहार !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – लामो समयको प्रेम पश्चात बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीले हिजो मात्र इटालीको एक महँगो होटलमा लगनगाँठो कसे ।

सार्वजनिक रुपमा विवाहको बारेमा जानकारी नदिईकनै बंधनमा बाँधिएको यो जोडीले एकै ‘क्याप्सन’ लेख्दै ट्वीटरबाट विवाहको तस्विर सार्वजनिक गरे । अहिले ति तस्विरहरु सामाजिक संजालमा भाईरल भैरहेका छन् ।

यसै विच यी दुईको विवाहका बारेमा अर्को समाचार बाहिरिएको छ । जसले तपाईलाई चकित तुल्याउन सक्छ । भारतीय मिडियाले सार्वजनिक गरेको जानकारी अनुसार विराटले अनुष्कालाई महँगो हिराको औंठी उपहार दिएका छन् । कोइमोई लेख्छ ‘यो औंठी अचम्मलाग्दो तत्वहरुबाट प्रतिबिम्बित र असिमित सुन्दर छ । प्रत्येक कोणबाट हेर्दा यो भिन्न देखिन्छ । जो कोहिले यो औंठी देख्छ, उसले अन्त नजर घुमाउननै सक्दैन ।’

अस्ट्रेलियाको डिजाइनरले तयार गरेको यो  औंठीको मुल्य झन्डै १ करोड ६० लाख नेपाली छ | भारतीय रुपैयाँ अनुसार यसको मुल्य १ करोड बताईएको छ ।

यो पनि पढ्नुस:-

विराट र अनुष्काको विहे सम्पन्न, हेर्नुहोस् तस्विरहरु