शाहरुखको ‘जिरो’ को ट्रेलर रिलिज (भिडियो)

शाहरुखको ‘जिरो’ को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड अभिनेता शाहरुख खानको बहुप्रतीक्षित सिनेमा ‘जिरो’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा शाहरुख खानलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ ।

रेडचिल्ली इन्टरटेनमेन्ट र कलर एल्लो प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको ‘जिरो’ को फ्यानहरुले लामो समयदेखि प्रतीक्षा गरि रहेका थिए । सार्वजनिक ट्रेलरमा शाहरुख खानलाई बामपुड्के युवकको भूमिकामा देखाइएको छ ।

सिनेमामा अनुष्का शर्मा, क्याटरिना कैफ र शाहरुख खानबीचको सम्बन्धलाई कथामा उनिएको छ । सिनेमालाई गौरी खानले निर्माण गरेकी हुन् । भने सिनेमाका निर्देशक आनन्द एल राय हुन् । सिनेमा आउँदो क्रिसमसको अवसर पारेर २१ डिसेम्बरमा रिलिज हुँदैछ । यो सिनेमा पोस्टर तथा टिजर रिलिज भएदेखि निरन्तर चर्चामा छ ।