चैत्र २९ लाई ‘यात्रा : अ म्युजिकल भ्लग’को रिलिज मिती फाइनल

चैत्र २९ लाई ‘यात्रा : अ म्युजिकल भ्लग’को रिलिज मिती फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘ए मेरो हजुर २’ डेव्यु नायक सलिनमान बनियाँ स्टारर सिनेमा ‘यात्रा : अ म्युजिकल भ्लग’को रिलिज मिती फाइनल गरिएको छ । निर्माता केश भट्टराईको जन्मोत्सवको अवसर पारेर सिनेमा चैत्र २९ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । सिनेमाको एक सार्वजनिक पोस्टरमा यसका अभिनेता सलिनमान बनियाँको क्यारेक्टरलाई प्रस्ट्याईएको छ । सलिनमान अभिनित सिनेमाको रिलिज मिती फाइनल भएसँगै यात्राले यो भन्दा पहिले नै प्रदर्शन मिती फाइनल गरेको सिनेमा ‘ए मेरो हजुर ३’सँग जुध्ने पक्का भएको हो । सुनिल कुमार थापाले निर्माण गरिरहेको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरिरहेकी छिन् । भरनाले यो सिनेमामा अनमोल केसीसँग छोरी सुहाना थापाको जोडी बनाएकी छिन् ।

सिनेमामा सलिनमान बनियाँका अलवा, सलोन बस्नेत , जान्वी बस्नेत , जयनन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसैसिनेमाबाट मल्लिका महतले नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । सिनेमामा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । सिनेमालाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइने छ । सम्राट शाक्यको कथा तथा निर्देशन रहने सिनेमालाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने सिनेमामा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ताको रुपमा रहेको सिनेमामा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । सिनेमाका कार्यकारी निर्माता भने सर्जुमान लिगल हुन् ।

निर्देशक सम्राट शाक्यको कथा रहेको सिनेमामा निर्देशकसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर पटकथा तथा संवाद लेखेका हुन् । सिनेमामा संजय लामाको छायाँकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादन रहेको छ ।