सुरु भयो सलिनमानको ‘यात्रा’

सुरु भयो सलिनमानको ‘यात्रा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – केहि दिन अगाडी अफिसियल घोषणा भएको सिनेमा ‘यात्रा – अ म्युजिकल भ्लग’को छायाँकन सुरु भएको छ । राजधानीको कमलादीस्थित गणेशस्थानमा पुजा गर्दै मंगलबारबाट निर्माण टिमले पहिलो सेड्युलको छायाँकन सुरु गरेको हो ।

पहिलो सेड्युलको छायाँकनमा निर्माताद्वय केशव भट्टराई, सुशील पोखरेल, निर्देशक सम्राट शाक्य, कलाकारहरु सलिनमान बनियाँ, सलोन बस्नेत, सिनेम्याटोग्राफर संजय लामाले पहिलो दृश्य छायाँकन गरे ।
निर्माता भट्टराईका अनुसार सिनेमाको रेगुलर छायाँकन भने जेठ ७ गतेबाट हुनेछ । साथै, भट्टराईले सिनेमाको निर्मातामा सुशील पोखरेलको पनि इन्ट्री भएको जानकारी दिए ।

डेब्यु सिनेमा ‘ए मेरो हजुर २’बाट नोटिस भएका सलिनमान यस जर्नी लभस्टोरीका मुख्य पात्र हुन् । सलिनमानका अलावा सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगातशर्मा लगायतको अभिनय रहनेछ ।

सिनेमामा बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् । भने, विदेशी कलाकार जुन झाङ (चिन) र बबी (केन्या)को पनि अभिनय रहनेछ ।

कोटकी कालिका देवी फिल्मस् प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने सिनेमामा केशव र सुशीलसँगै मुक्ति तिमिल्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । यसै सिनेमामार्फत सम्राट शाक्य निर्देशनमा डेब्यु गर्दैछन । सिनेमालाई यसै बर्ष प्रदर्शनमा ल्याउने निर्माण पक्षको लक्ष्य छ ।