प्रदीप, विपिन, सुरेन्द्र र पुरुषोत्तमलाई ‘एभरेष्ट सिने अनर’ सम्मान !

प्रदीप, विपिन, सुरेन्द्र र पुरुषोत्तमलाई ‘एभरेष्ट सिने अनर’ सम्मान !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा सम्वन्धी अध्यापन संचालन गर्दै आएको ‘एभरेष्ट फिल्म एकेडेमी’ले सिनेकर्मी सम्मान सुरु गरेको छ । दुई वर्ष अगाडी संचालनमा ‘एभरेष्ट सिने अनर’ सुरु गरेको हो । जहाँ सिनेमाका चार विधा समावेश छन् ।

निर्देशन, कलाकार, सम्पादन र छायाँकन विधाका सम्मानबाट पहिलो वर्ष क्रमस प्रदीप भट्टराई, विपिन कार्की, सुरेन्द्र पौडेल र पुरुषोत्तम प्रधान सम्मानित भए । प्रदिप र विपिनले ‘जात्रा’बाट त्यस्तै सुरेन्द्र र पुरुषोत्तमले ‘लूट २’बाट सम्मान थापे । कार्यक्रममा वरिष्ट निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो ।

औपचारिक रुपमा यसै वर्षबाट सुरु गरिएको ‘एभरेष्ट सिने अनर’बाट प्रत्येक वर्ष उल्लेखित विधामा उत्कृष्ट छानेर सम्मान गरिने एकेडेमीका प्रवन्ध निर्देशक विशाल श्रेष्ठले बताए ।