सय करोड क्लब: वरुणको ऋतिकसँग टक्कर

सय करोड क्लब: वरुणको ऋतिकसँग टक्कर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ सन् २०१२ मा सिनेमा ‘स्टुडेन्ट अफ द ईयर’बाट बलिउडमा धमाकेदार इन्ट्री गरेका अभिनेता बरुण धवन छोटो समयमै बक्सअफिसमा छाएका छन् ।

पाँच वर्षको विचमा रिलिज भएका वरुण अभिनित ९ वटै सिनेमा बक्सअफिसमा हिट छन् । ९ हिट सिनेमा मध्ये ४ सिनेमा सय करोड क्लबमा इन्ट्री समेत भएका छन् । एक साता अगाडी रिलिज भएको ‘जुड्वा २’ले ८ दिनमै १ सय २ करोडको व्यापार गर्दै वरुणको सफलतामा अर्को इट्टा थपेको छ । पछिल्लो दशकको लागि वरुण सर्वाधिक सफल ‘न्युकमर’ अभिनेतामा पर्छन ।

४ वटा सय करोड क्लब सिनेमा दिएका वरुणले अभिनेता ऋतिक रोशनसँग बराबरी गरेका छन् । ऋतिकका पनि चार सिनेमाले सय करोड बढीको व्यापार गरेका छन् । सन् २००० मा ‘कहो ना प्यार हे’बाट बलिउड डेब्यु गरेका ऋतिकका ‘क्रिष ३’, ‘अग्निपथ’, ‘ब्याङ ब्याङ’ र ‘काबिल’ सय करोड क्लबमा समावेश छन् ।

त्यस्तै वरुणका ‘जुड्वा २’, ‘हम्टि शर्मा की दुल्हनिया’, ‘दिलवाले’ र ‘एबिसिडी २’ सय करोड क्लबमा समावेश भैसकेका छन् । यस क्लबमा वरुण भन्दा अगाडी अजय देवगण, अक्षय कुमार, शाहरुख खान, आमिर खान र सलमान खान रहेका छन् ।