सोझा तर, चुलबुले सलमान (भिडियो)

सोझा तर, चुलबुले सलमान (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बर्षकै प्रतिक्षित बलिउड फिल्म ‘ट्युबलाईट’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘रेडियो सङ’ बोलको गीतमा अभिनेता सलमान खान फिचरिङ भएका छन् ।

जहाँ सलमानलाई सोझो, चुलबुले लुक्समा रमाईलो गरिरहेको देख्न सकिन्छ । गीतको भिडियोमा सलमान सन् १९६० को अवतारमा देखा परेका छन् । प्रितमको संगीतमा तयार भएको गीतमा कमाल खान र अमित मिश्राको स्वर समावेश छ । रेमो डिसुजाको कोरियोग्राफीमा तयार भिडियोमा १ हजार कोरस नचाइएको बताइएको छ ।

कबिर खान निर्देशित फिल्म २३ जुनमा रिलिज हुदैछ ।