यश कुमार र कामना स्टारर ‘छिरिङ्ग’को गीत रिलिज

यश कुमार र कामना स्टारर ‘छिरिङ्ग’को गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आगामी शुक्रबार रिलिज हुने सिनेमा ‘छिरिङ्ग’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘ए कान्छा……’ बोलको सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार यश कुमार र कामना भुजेललाई फिचर्ड गरिएको छ । अरुणा लामा र रुद्र गुरुङ्गको दशक अगाडिको चर्चित गीत ‘ए कान्छ…….’ को पहिलो हरफलाई रि-रेकडिङ गरिएको छ ।

नयाँ भर्सनमा गायक यश कुमार र गायिका सुनिता थिगिमको स्वर छ । गीतको शब्द पासाङ बेङबल र यश कुमारले लेखेका हुन् । अम्बर गुरुङ र यश कुमारको कम्पोज रहेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।  गीतको छायांकन र लोकेशन उत्कृष्ट देखिन्छ । अभिनेता-अभिनेत्रीको केमेस्ट्री पनि सुहाएको छ । यश कुमारले पहिलो पटक निर्देशनमा डेव्यु गरेका छन् ।

यो सिनेमाले बहुपतिप्रथाको कथा भन्छ । गायक तथा अभिनेता निमा रुम्बा पनि सिनेमामा लिड रोलमा छन् । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको सिनेमालाई यश कुमार र याम थापाले मिलेर लेखेका हुन् । ‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व सिनेमाको कथावस्तु हो ।