साम्राज्ञी स्टारर ‘तिमि सँग’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – अहिलेकी सर्वाधिक चर्चित अभिनेत्री साम्राज्ञी स्टारर सिनेमा ‘तिमि सँग’को ट्रेलर सार्वजनिक भएको छ । शिशिर राना निर्मित तथा निर्देशित सिनेमामा साम्राज्ञी राज्य लक्ष्मी शाहका अलावा नाजिर हुसेन र आकाश श्रेष्ठको पनि मुख्य भूमिका छ ।

सांगीतिक प्रेमकथानक सिनेमाको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । चैत २३ गते रिलिज हुने ‘तिमि सँग’मा शुशील छेत्रीको छायाँकन, बनिश विक्रम शाह/मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी/दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘द सिनेमा टाइम्स, हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (द सिनेमा टाइम्स,) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *