मलिना हुन्छिन् जहाँ, मनिषको खुसि त्यहाँ ! (भिडियो)

मलिना हुन्छिन् जहाँ, मनिषको खुसि त्यहाँ ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री मलिना जोशी र ‘रानी’ डेब्यु व्वाय मनिष सुन्दर श्रेष्ठ पुन: एक पटक अनस्क्रिन रोमान्समा बाँधिएका छन् ।

यी दुईको अभिनय रहेको दोस्रो सिनेमा ‘तिमि हुन्छौ जहाँ जहाँ’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सुटुक्क छायाँकन सकाएको सिनेमाले पहिलो गीत सार्वजनिक गरेसँग पब्लिसिटीमा उत्रेको घोषणा गरेको छ । साथै, सिनेमाको रिलिज डेट असार ८ लाई तोकिएको छ ।

राजधानीमा आयोजितको गीत लन्च प्रेसमिटमा मलिना मात्र उपस्थित भईन । कविराज गहतराज कोरियोग्राफ्ड गीतमा अर्जुन पोखरेलको शब्द/संगीत र अन्जु पन्त/फिरोज बस्नेतको स्वर समावेश छ ।

विकाश बस्याल लिखित निर्देशित सिनेमामा मलिना र मनिषसँगै ‘छक्का पन्जा’ डेब्यु व्वाय स्वरूपपुरुष ढकालको पनि अभिनय छ । मदन दवाडी, दाई चन्द्र दवाडी र हरिप्रसाद अधिकारीको लगानी रहेको सिनेमामा भुपेन्द्र अधिकारी/सालिक दुडलको सम्पादन, रोशन श्रेष्ठको एक्सन, माधव घिमिरेको पटकथा/संवाद र रामशरण उप्रेतीको छायाँकन रहेको छ ।