निताको बजार लाग्या छ, ‘दि कर्मा’ गीत रिलिज

निताको बजार लाग्या छ, ‘दि कर्मा’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – मंसिर ७ गते रिलिज हुने सिनेमा ‘दि कर्मा’को गीत रिलिज गरिएको छ । ‘बजार लाग्या छ…’ बोलको गीतमा नायिका निता ढुगांना, नायक करण बर्माको नृत्य र नायिका परमिता आरएल राणा, बुद्धि तामाङको एङग्री लुक्समा सार्वजनिक गीतमा देखिएका छन् ।

सार्वजनिक गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत र मनिषा पोखरेलको स्वर छ । यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । सिनेमाका गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ । जय राज रायले निर्माण गरेको सिनेमालाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको सिनेमालाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् । मंसिर ७ गतेलाई प्रदर्शन मिति तय गरिएको सिनेमामा अष्ट महर्जनको द्वन्द्व छ ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको सिनेमाको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको सिनेमामा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

https://youtu.be/Df75Pjs1_2c