मंसिर ७ बाट माघ ४ मा पुग्यो ‘दि कर्मा’

मंसिर ७ बाट माघ ४ मा पुग्यो ‘दि कर्मा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंसिर ७ गते रिलिज हुने भनिएको सिनेमा ‘दि कर्मा’को रिलिज डेट पोस्टपोन्ड गरिएको छ । अब यो सिनेमा माघ ४ गतेबाट अल नेपाल रिलिज हुने छ । सिनेमा निर्माण कम्पनीका सञ्चालक तथा निर्माता जयराज रायका अनुसार विविध कारणबस सिनेमाको रिलिज डेट माघमा सार्नु परेको बताए ।

नेपाल र भारतको सिमा श्रेत्रमा हुने घटनालाई मुख्य विषय वस्तु बनाएर निर्माण गरिएको सिनेमालाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट प्रा लीको ब्यानरमा निर्माण भएको सिनमामा निशा खतिवडा निर्मात्रीको रुपमा रहेकी छिन् । नेपालको तराई क्षेत्रमा सिनेमाको सम्पुर्ण छायांकन गरिएको हो ।

‘दि कर्मा’मा भारतीय मोडल तथा कलाकार करण बर्मा, निता ढुंगाना, परमिता आरएल राणा, बुद्धि तामाङ, अनुप सक्सेना, संगीता नापित, देव कुमार श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । यस्तै सिनेमामा निर्माता जयराज रायको कथा, पटकथा तथा संवाद सुशिल पोखरेल, रामेश्वर कार्कीको छायांकन रहेको छ ।