भारतीय कलाकारको अभिनय रहने ‘दि कर्मा’को अफिसियल घोषणा

भारतीय कलाकारको अभिनय रहने ‘दि कर्मा’को अफिसियल घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । केहि समय अगाडी थिम पोस्टर रिलिज गरेर घोषणा गरिएको सिनेमा ‘दि कर्मा’ले आफ्नो अफिसियल कास्ट एण्ड क्रिउ सार्वजनिक गरेको छ ।

देवकुमार श्रेष्ठले निर्देशन गर्ने सिनेमामा भारतीय कलाकार दीपक आनन्द र करणकुमार वर्माको मुख्य भूमिका रहनेछ । सिनेमाको लागि मुख्य अभिनेत्री तय भैसकेकी छैनन् । निर्माण पक्षले दिएको जानकारी अनुसार सिनेमामा नेपाली अभिनेत्री राखिनेछ । ‘द कर्मा’मा क्षितिजा शाक्य, नसीमा आचार्य र अनुप सक्सेनाको पनि अभिनय रहनेछ ।

बलिउड तथा दक्षीण भारतिय सिनेमामा सक्रिय रुपमा काम गरिरहेका दीपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतका टलीउड फिल्म तथा मराठी फिल्म र विज्ञापनहरुमा अभिनय गरेका छन् ।

मङ्सिर अन्तिम साताबाट छायाँकन सुरु हुने सिनेमा नेपाली र हिन्दी भाषामा निर्माण हुनेछ । नेपाल भारत सिमा क्षेत्रका वासिन्दाको सत्यकथामा निर्माण हुने सिनेमामा जयराज रायको कथा, शुशील पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शन प्रधान सिनेमामा जयराज राय र नीशा खतिवडाले लगानी गर्नेछन् । नेपालको तराई क्षेत्र र भारतको सिक्किममा छायाँकन हुने सिनेमा यसअघि आफुले निर्देशन गरेका सिनेमा भन्दा बिल्कुलै फरक बन्ने दावी गरेका छन् ।