Teen Choice award: दीपिका तिन, प्रियंका एक विधामा मनोनित !

Teen Choice award: दीपिका तिन, प्रियंका एक विधामा मनोनित !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । केहि समय अगाडी मात्र हलिउड डेब्यु गरेका बलिउड अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोण ‘टीन च्वाइस अवार्ड’का चार विधामा मनोनित भएका छन् ।

सँगसँगै हलिउड डेब्यु गरेका यी दुई अभिनेत्री मध्ये दीपिका पादुकोण तिन विधा र प्रियंका चोपडा एक विधामा मनोनयनमा परेका छन् । ‘च्वाइस एक्सन मुभी एक्टरेस’, ‘च्वाइस मुभी शिप’ र ‘ च्वाइस ब्रेकआउट मुभी स्टार’को विधामा दीपिका ‘xXX: रिटर्न्स अफ जेन्डर केज’बाट मनोनित हुँदा प्रियंका ‘बेवाच’बाट ‘च्वाइस मुभी भिलेन’को विधामा मनोनयनमा परेकी छन् ।

यी दुई लाई बलिउडमा पछिल्लो समयकी वहुप्रतिभाशाली अभिनेत्री रुपमा चिनिन्छ । बक्सअफिसमा दीपिका अगाडी रहे पनि प्रियंकालाई अभिनयमा तिख्खर मानिन्छ । यी अभिनेत्रीका लागि यी दुवै सिनेमा हलिउड डेब्यु हुन् ।