अभिनेत्रीको तीज डानस, कसको १ नम्बर ? (भिडियो)

अभिनेत्रीको तीज डानस, कसको १ नम्बर ? (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा काठमाडौँ । नरेशकुमार केसीको निर्देशन रहेको सिनेमा ‘रोमियो एण्ड मुना’को पहिलो गीत सार्वजनिक गरिएको छ । आउँदै गरेको तीजलाई लक्षित गर्दै निर्माण युनिटले ‘डानसमा म एक नम्बर…’ बोलको गीत सार्वजनिक गरेको हो । वर्ष ०७४ को तीजको लागि यो पहिलो सिनेमा तीज गीत हो ।

गीतमा सृष्टि श्रेष्ठ, बसुन्धरा भुसाल, मेनुका प्रधान, सुष्मा कार्की, प्रज्वलसुजल गिरी र विनय श्रेष्ठ फिचरिङ छन् । गीतले सिनेमाका लागि केहि उत्सुकता सिर्जना गर्न सक्छ । गीतमा प्रज्वलसुजल भिन्न अवतारमा देखा परेका छन् ।

दिनेश राउतको शब्द, कोशिस क्षेत्रीको संगीत रहेको गीतमा संगीतकार क्षेत्री, मिना निरौला, झुमा निरौला र दीपा लामाको स्वर छ । गीत कोरियोग्राफी गोविन्द राईले गरेका छन् । माघ २६ लाई प्रदर्शन मिति तय गरेको सिनेमाको नब्बे प्रतिशत छायाँकन सकिएको निर्माण युनिटले जानकारी गराएको छ । प्राय छायाँकन पुर्वमा गरिएको सिनेमाको २ गीत र केहि दृश्य खिच्न बाँकी छ ।