‘सुश्री सम्पति’ गीतमा सलोन र बिनोदसँग साराको दरबारिया नाच

‘सुश्री सम्पति’ गीतमा सलोन र बिनोदसँग साराको दरबारिया नाच

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – भाद्र २२ गतेबाट रिलिज हुने सिनेमा ‘सुश्री सम्पति’को एक गीतको छायांकन यतीवेला ललितपुरको पाटन दरबारमा धमाधम भैरहेको छ । पछिल्लो समय निर्माण भैरहेका सिनेमाले गीत संगीतलाई उत्कृष्ट बनाउन विषेश ध्यान दिइरहेका छन् । यसैको निरन्तरता रिलिजको तयारीमा रहेको सिनेमा ‘सुश्री सम्पति’ले पनि दिएको छ ।

सिनेमामा समावेश ‘हुकुम’ बोलको गीतलाई पृथक बनाइएको छ । सार्वजनिक तस्बिरले पनि त्यो देखाउँछ । उक्त गीतमा दरबारमा भारदारसँगको नाचलाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ, भने भारदारहरुको नाचको लागी पोशाक पनि त्यही अनुसार तयार पारिएको छ ।

८० बढी कोरस नचाइएको गीतमा सिनेमाका मुख्य पात्र सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपानेलाई फिचर्ड गरिएको छ । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा गम्भिर बिष्टको कोरियोग्राफी रहेको छ । मेलिना राई र विशाल राईको स्वर रहेको गीतलाई शिवराम श्रेष्ठले छायांकन गरिरहेका छन । सिनेमाका छायांकार भने अर्जुन तिवारी हुन् ।

रंग पत्रकार सुव्रतराज आचार्यले निर्देशन गरेको सिनेमाका प्रस्तुतकर्ता रमेश त्यायना हुन् । ‘सुश्री सम्पति’लाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले मिलेर निर्माण गरेका हुन । सिनेमामा सलोन, सारा र बिनोदका अलवा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारहरुको अभिनय रहेकोछ भने प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् । सुव्रतराज आचार्यको कथा रहेको सिनेमाको संवाद अभिमन्यू निरवी र निर्देशक आचार्यले लेखेका हुन् । सिनेमालाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।