‘नाइँ नभन्नु ल’ गर्लको ‘सुपर गोर्खे’ गीत रिलिज

‘नाइँ नभन्नु ल’ गर्लको ‘सुपर गोर्खे’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘नाइँ नभन्नु ल’ सिनेमाबाट चर्चामा आएकी अभिनेत्री ऋचासिंह ठकुरीले निर्माण गरेको सिनेमा ‘सुपर गोर्खे’को पहिलो गीत सार्वजनिक भएको छ ।

‘तिमि नै हौ’ बोलको गीतमा ताराप्रकाश लिम्बुको संगीत, ज्ञानेन्द्र ताम्लिङको शब्द र रजनी रिमालसँगै संगीतकार लिम्बुको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा ऋचा र सचिन केसी फिचरिङ छन् ।

राज थापा निर्देशित सिनेमामा ऋचासँगै सुरजसिंह ठकुरी, निराजन लुइँटेल, भुपेन्द क्षेत्री, सचिन केसी, कामना भुजेल, भानुदेव बिष्ट, उत्तम बिष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ, राज थापा लगायतको मुख्य भूमिका छ ।

मंसीर २९ देखि अलनेपाल प्रदर्शनमा आउने सिनेमामा किरण माइकलको लेखन, सौरभ लामाको छायाँकन, चन्द्र पन्तको द्वन्द रहेको छ । सिनेमामा निर्माताको रुपमा ईश्वरीसिंह ठकुरी, रामकृष्ण र सुदीपजंग शाह रहेका छन् ।