‘सुनकेसरी’ टिजर रिलिज, ऋचाको हरर अवतार

‘सुनकेसरी’ टिजर रिलिज, ऋचाको हरर अवतार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हरर सिनेमा ‘सुनकेसरी’को टिजर रिलिज भएको छ । सिनेमामा ऋचा शर्माको मुख्य भूमिका छ । सार्वजनिक टिजरमा ऋचा डरलाग्दो अवतारमा प्रस्तुत भएकी छन् ।

नेपालमा हरर सिनेमा त्यति बन्दैनन । जति बन्छन, ति सिनेमाले दर्शक रिझाउन सकेका छैनन् । तर, सम्पूर्ण छायाँकन अस्ट्रेलियामा भएको ‘सुनकेसरी’को पोस्टर र टिजरले भने हरर जानरामा सम्भावना देखाएको छ ।

तिन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि निर्माण भएको ‘सुनकेसरी’मा अर्पन थापाको कथा/पटकथा र निर्देशन रहेको छ ।

भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले झन्डै २ करोड बजेटमा निर्माण गरेको सिनेमामा ऋचाका अलावा रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको पनि मुख्य भूमिका छ । जेठ ११ गते प्रदर्शन हुने सिनेमामा कालीप्रसाद बाँस्कोटा/विजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्कॉट क्लेमेंटको सम्पादन रहेको छ ।