सुदर्शनको नयाँ सिनेमामा माग्ने बुढा १० लाखमा अनुबन्धित

सुदर्शनको नयाँ सिनेमामा माग्ने बुढा १० लाखमा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुदर्शन थापाले निर्देशन गर्ने नयाँ अनटाइटल सिनेमाका लागी हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) महँगो पारिश्रमिकमा अनुबन्धित भएका छन् ।

दीपाश्री निरौला र दीपकराज गिरी क्याम्पबाट मात्रै सिनेमा खेल्दै आईरहेका घिमिरेले पहिलो पटक क्याम्प भन्दा बाहिरको सिनेमा गर्न राजी भएका हुन् । अभिनेत्री पूजा शर्माले निर्माण गर्ने सिनेमाका लागी उनि १० लाख पारिश्रमिकमा खेल्न राजी भएका हुन् ।

दीपा-दीपकको क्याम्पमा घिमिरे सर्वाधिक लोकप्रिय कलाकारको रुपमा चिनिन्छन । त्यसैले उनलाई पछिल्लो समय ठुला व्यानरका थुपै सिनेमाको अफर आईरहेका थिए । तर, उनि बाहिरका सिनेमा खेल्न तयार थिएनन । अन्तत: सुदर्शनले निर्देशन गर्ने सिनेमाको स्क्रिप्ट र भूमिका औधी मन परेपछि खेल्न राजी भएका हुन् ।

माघ अन्तिम साताबाट छायाँकनमा जाने सिनेमाका लागी पूजा शर्मा र संगीतकार अर्जुन पोखरेल  मात्र फाईनल भएका छन् । अन्य कलाकार छिट्टै नै फाईनल हुने निर्माण टिमले बताएको छ ।