सुब्रतको ‘सुश्री सम्पती’मा साराको साथ सलोन !

सुब्रतको ‘सुश्री सम्पती’मा साराको साथ सलोन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ प्रदर्शनरत सिनेमा ‘पिंजडा ब्याक अगेन’की अभिनेत्री सारा शिर्पाली नयाँ सिनेमामा अनुबन्धित भएकी छन् । संचारकर्मी सुब्रत आचार्यले निर्देशन गर्ने ‘सुश्री सम्पती’मा सारा मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् ।

सिनेमामा साराको अपोजिट सलोन बस्नेत रहनेछन । सामाजिक कमेडी रहने सिनेमामा विनोद न्यौपाने, प्रमोद अग्रहरी, विशारद बस्नेत, राजाराम पौडेल, प्रेमवर्षा खड्का, रोशनी कार्की पनि फाईनल भएका छन् ।

‘सुश्री सम्पती’मा अर्जुन तिवारीको छायाँकन, सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । रमेश त्वयनाले निर्माण गर्ने सिनेमा पोखरामा खिचिनेछ ।

निर्देशक आचार्यले यसअघि ‘अर्धकट्टी’ निर्देशन गरिसकेका छन् । त्यसै प्रदर्शनरत ‘पिंजडा ब्याक अगेन’बाट साराले निक्कै राम्रो तारिफ पाईरहेकी छन् । साराले निखिल उप्रेती अभिनित ‘रुद्र’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।