‘सुश्री सम्पति’ भदौमा कन्फर्म

‘सुश्री सम्पति’ भदौमा कन्फर्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेपत्रकार सुव्रत आचार्य निर्देशित सिनेमा ‘सुश्री सम्पति’ले रिलिज मिति तय गर्दै फस्टलूक पोस्टर सार्वजनिक गरेको छ । वितरकसँग छलफल पछि भदौ २२ मा सिनेमा प्रदर्शन गर्ने निर्णय भएको निर्माण पक्षले बताएको छ ।

सार्वजनिक पोस्टरमा सारा सिर्पाली, सलोन बस्नेत र बिनोद न्यौपाने प्रस्तुत छन् । कमेडी झल्काउने पोस्टरमा ‘गेट रेडी फर फन’ लेखिएको छ । यसबाट सिनेमा कमेडी जानरामा बनेको अनुमान लगाउन सकिन्छ । सिनेमामा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय छ । भने प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिनेछ ।

सिनेमाको बारेमा बोल्दै निर्देशक आचार्य भन्छन ‘हामीले वितरकसँगको छलफलपछि रिलिज डेट तय गरेका छौ । सिनेमाले एक युवतीको कथा पेश गर्छ जसमा उनि सम्पन्न हुन्छिन । सिनेमा कमेडी छ तर संगसँगै सोसल विषयवस्तु पनि छ । फस्टलूकमा हामीले केहि पात्रलाई र रिलिज डेट सार्वजनिक गरेका हौ ।’

सुरेश अधिकारीको शब्द/संगीत रहेको सिनेमामा भरत रेग्मीको सम्पादन,  अर्जुन तिवारीको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद तथा अभिमन्यूकै पटकथा रहेको छ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । सिनेमाको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।