नसाका कारण भएको हो श्रीदेवीको निधन ?

नसाका कारण भएको हो श्रीदेवीको निधन ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फेब्रुअरी २४ दुबईमा अभिनेत्री श्रीदेवी निधन भयो । सुरुवातमा श्रीदेवीको निधन हृदयघातबाट भएको समाचार आएपनि पोस्टमार्टमको रिपोर्ट आएको थिएन ।

अन्तत: श्रीदेवीको निधनको कारण खुलेको छ । आजतकले गल्फ न्युजलाई आधार मानि श्रीदेवीको निधन हृदयघातबाट नभएको समाचार लेखेको छ । पोस्टमार्टम रिपोर्टमा उनले अल्कोहल गरेको उल्लेख छ । नसामा रहेकी श्रीदेवीले आफुलाई सम्हाल्न नसकेपछी ‘बाथटब’मा डुबेर मृत्यु भएको जनाईएको छ । उनको रिपोर्टमा मृत्यु ‘एक्सीडेन्टल’ भएको लेखिएको छ ।

 

पुलिस अफिसर मोहसिन अब्दुल कबिले इन्डिया टूडेलाई बताए अनुसार श्रीदेवीको पार्थिव शरीरसँग सम्वन्धित सम्पूर्ण कागजात भारतीय उच्चआयोगलाई सुम्पिइसकेको छ । र, ‘डेथ सर्टिफिकेट’ पनि प्राप्त भैसकेको छ । पोस्टमार्टमको जानकारी उच्चआयोगले गोप्य राखेको छ । अब उच्चआयोगले सबै प्रकिया पुरा गरि पार्थिव शरीरलाई भारत ल्याउने छ । श्रीदेवीको अन्तिम दर्शनका लागि उनको पार्थिव शबलाई पुरानो बंगला ‘भाग्य बंगला’मा राखिने भएको छ । त्यहाँ उनको अन्तिम तयारी भैरहेको छ । बंगलालाई पुरै सेतो कपडाले घेरिएको छ । त्यहाँ उनका आफन्त, बलिउडका दिग्गज, साथीभाई, राजनीतिज्ञ र पत्रकारहरुको उपस्थिति रहनेछ । र, आजै उनको अन्तेष्टि गरिने बताईएको छ ।

अपडेट: यसरी भयो श्रीदेवीको निधन, आज अन्तेष्टि हुँदै