संचिताकी बहिनी निखीलको सिनेमामा

संचिताकी बहिनी निखीलको सिनेमामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री संचिता लुइँटेलकी बहिनी सिवानी लुइँटेलले आफ्नै भिनाजु निखिल उप्रेतीको सिनेमाबाट डेब्यु गर्ने भएकी छन् । केहि साता अघी मात्र घोषणा भएको ‘कमिटमेन्ट- 60 आवर्स’को लागी सिवानी तय भएको सुचना संचिता लुइँटेलले सामाजिक संजालमा पोस्ट गरेकी छन् ।

‘हाम्रो सिने क्षेत्रमा स्वागत छ । अघिल्लो सिनेमा ‘कमिटमेन्ट-60 आवर्स’को लागी शुभकामना छ’  संचिताले पोस्ट गरेकी छन् सिवानीको दुई तस्विरसहित ।

यो सिनेमाको छायांकन मंगलबारदेखि सुरु गरिएको छ । सिनेमाको छायांकनका लागि भारतीय कलाकार रन्जित नेपाल आइसकेका छन् । नेपालमै मुम्बइको सेट लगाएर सिनेमाको छायांकन सुरु भएको वुझिएको छ । स्रोतका अनुसार सिवानी काममा लागी सकेकी छन् ।

३ करोड माथीको बजेटमा निर्माण गरिने बताइएको सिनेमालाई निखिल उप्रेतीले नै निर्देशन गर्नेछन् । सिनेमामा बलिउडका ख्याती प्राप्त कलाकारहरु रञ्जित, सयाजी सिन्दे, अनन्त जोग, अली जफर, नन्सीको मुख्य भूमिका रहनेछ ।