‘दोषी को’मा समावेश ‘शिरफुल शिरै…’ गीत रिलिज

‘दोषी को’मा समावेश ‘शिरफुल शिरै…’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘दोषी को ?’को ‘शिरफुल शिरै…’मा गीत रिलीज भएको छ । सामाजिक कथामा निर्माण भएको सिनेमालाई निमा लामा तामाङले निर्देशन गरेका हुन् ।

गोपी अधिकारीको शब्द/संगीत रहेको गीतमा मेलिना राईले स्वर दिएकी छन् । सिनेमामा संगीतकार स्वयम्को लगानी छ । गीतको कारियोग्राफी रमेश रेग्मीले गरेका हुन । करण फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता करण थापा मगर हुन । भने, कथा/पटकथा करण आफैले लेखेका हुन ।

सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठु आले,रबिना थापा लगायतका नवकलाकारको सिनेमामा अभिनय गरेका छन् ।