दोस्रो पटक शाहरुख, अनुष्का र कट्रिनासंगै

दोस्रो पटक शाहरुख, अनुष्का र कट्रिनासंगै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सन् २०१२ मा शाहरुख खान, कट्रिना कैफ, र अनुष्का शर्मा अभिनित सिनेमा ‘जब तक हे जान’ प्रदर्शन भयो । अजय देवगणको ‘सन अफ सरदार’संग बक्सअफिस भिडन्त गरेको यो सिनेमाले बक्सअफिसमा प्रतिस्पर्धीलाई पाखा लगाउदै दर्शकको मनमा बस्न सफल भयो ।

सिनेमामा शाहरुख/अनुष्का र कट्रिना/ शाहरुखको केमेस्ट्रीलाई पनि रुचाइएयो । अब फेरी यी तिन कलाकार एकै सिनेमामा देखिने भएका छन् । भारतीय संचार माध्यमका अनुसार आनन्द एल रायले निर्देशन गर्ने सिनेमाको लागी अहिले नाम जुराउने कार्य भैरहेको छ । पहिले सिनेमाको नाम ‘कट्रिना मेरी जान’ राख्ने कुराहरु मिडियामा आए पनि अब उक्त नाम नरहने निश्चित भएको छ । सिनेमामा शाहरुख एक चर्चित अभिनेत्रीको ‘डाई हार्ट’ फ्यानको भूमिकामा प्रस्तुत हुदैछन । र कट्रिना सिनेमाकी मुख्य अभिनेत्री हुन् ।

पछिल्लो पटक सिनेमाको नाम ‘रंगबाँज’ राख्ने कुरा आइरहेका छन् । यहिँ नाम इम्तियाज अलिले निर्देशन गर्ने आगामी सिनेमाको लागी पनि अप्सनमा राखिएको बताइएको छ । जुन सिनेमाको लागी पनि शाहरुख र अनुष्का मुख्य भूमिकामा तय भैसकेका छन् ।