यो वर्ष चार सिनेमामा काम गर्दै शाहरुख !

यो वर्ष चार सिनेमामा काम गर्दै शाहरुख !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – वर्षमा एउटा मात्र सिनेमा गर्दै आइरहेका छन बलिउड अभिनेता शाहरुख खान । तर यो वर्ष शाहरुखका चार चार वटा सिनेमा पाइप लाइनमा छन ।प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जिरो’ पछि शाहरुखले ‘सैल्यायूट’ मा काम गर्ने पक्का हुँदा अन्य दुई सिनेमाबाट पनि उनलाई अफर आएको भारतिय मिडियाले उल्लखे गरेका छन् ।

शाहरुखकलाई यशराज ब्यानरमा बन्ने लागेको नयाँ सिनेमा र श्रीराम राघवनको नयाँ सिनेमाबाट अफर आएको छ । रोमान्टिक कमेडिमा बन्ने यशराज ब्यानरको सिनेमामा शाहरुखले पहिला काम गर्न सक्ने बताईएको छ । श्रीराम राघवनको एक थ्रिलर सिनेमामा पनि उनले काम गर्ने भएका छन् । यसको औपचारिक घोषणा छिट्टै हुँदैछ ।

शाहरुखको अपकमिङ सिनेमा सैल्युटमा उनको अपोजिट नायिकाको खोजी भईरहेको छ । सिनेमाको लागि करीना कपूर र कैटरिना कैफलाई प्रस्ताव गरिएको थियो तर सानो भुमिका भएको भन्दै दुवै नायिकाले सिनेमा खेल्न मानेनन्। अहिले यहि भुमिकाको लागि अभिनेत्री रानी मुखर्जीलाई अप्रोच गरिएको छ ।

उनको सिनेमा ‘जिरो’ पनि प्रर्दशनको तयारीमा रहेको छ भने वर्षकै हिसाबले अहिले उनीसँँग चार वटा सिनेमा छन । यी चार सिनेमाका लागी समय कसरी मिलाउँछन् त्यो भने किंग खानलाई सहज नहुन सक्छ ।