एकसाथ पाँच अभिनेत्रीसँग स्क्रिन शेयर गर्दैछन् शाहरुख ?

एकसाथ पाँच अभिनेत्रीसँग स्क्रिन शेयर गर्दैछन् शाहरुख ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ दिन अगाडी शाहरुख खानले अभिनेत्रीद्वय रानी मुखर्जी, श्रीदेवी, काजोल, करिश्मा कपूर र आलिया भट्टसँग लिएको सेल्फी इन्स्टाग्राममा शेयर गरे ।

चौतर्फी चर्चामा रहेको सेल्फी यी अभिनेताले आनन्द एल रायको निर्देशनमा बन्दै गरेको नयाँ सिनेमाको सेटबाट सार्वजनिक गरेका थिए । त्यसैले पनि यो सेल्फीलाई लिएर चर्चा र अनेकन आँकलन सुरु भएको हो ।

 

स्रोतका अनुसार यस सिनेमा भित्र यी पाँच अभिनेत्रीको केमियो रोल हुन् सक्ने अनुमान लगाइएको छ । सिनेमा ‘ओम शान्ति ओम’को एक गीतका  बलिउडका थुप्रै कलाकारहरु केमियो रोलमा देखिएका थिए । त्यस्तै यो  सिनेमामा पनि गीतबाटै यी अभिनेत्रीहरु गेस्ट अपियरेन्सको रुपमा देखा पर्न सक्ने अनुमान लगाइए पनि सिनेमासँग सम्वन्धित व्यक्तिहरुले यसको बारेमा अफिसियल जानकारी दिएका छैनन् ।

रोचक कुरा त के छ भने, यी पाँच अभिनेत्रीसँग शाहरुखले स्क्रिन शेयर गरिसकेका छन् ।