‘सेक्रेट सुपरस्टार’लाई ५ सय करोड, सर्यो रानीको ‘हिच्की’ !

‘सेक्रेट सुपरस्टार’लाई ५ सय करोड, सर्यो रानीको ‘हिच्की’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता आमिर खानको जादू चाईनिज बक्सअफिसमा देखिन थालेको छ । पछिल्लो समय आमिरका सिनेमा भारतमा भन्दा पनि चिनमा प्रभावशाली देखिएका छन् ।

यसको प्रत्यक्ष उदाहरण पछिल्लो रिलिज ‘सेक्रेट सुपरस्टार’ हो । भारतीय बक्सअफिसमा ७० करोडको आँकडा पनि छुन नसकेको यस सिनेमाले चाईनिज बक्सअफिसमा तुफान ल्याएको छ । चिन रिलिजको दुई सातामा मै सिनेमाले ५ सय करोडको आँकडा पार गर्न सफल भएको छ । यसको अहिलेसम्मको जम्मा कलेक्सन ५ सय ९ करोड पुगेको छ ।

सिनेमाले चिनमा मात्र ८ सय करोडसम्म कमाउन सक्ने बलिउड पण्डितहरुको अनुमान छ । यसअघि आमिरकै ‘दंगल’ले १३ सय करोड भन्दा बढी कलेक्सन गरेको थियो ।

रानीको ‘हिच्की’ पोस्टपोन्ड: रानी मुखर्जी स्टारर सिनेमा ‘हिच्की’लाई दर्शकले पुर्वनिर्धारित मितिमा हेर्न नपाउने भएका छन् । २३ फेब्रुअरीलाई रिलिज मिति तोकेको सिनेमा १ महिना पछी सरेको छ । अब सिनेमा मार्च २३ मा रिलिज हुनेछ ।

‘हिच्की’को गोप्य स्क्रिनिङमा सकारात्मक प्रतिक्रिया मिलेपछी मेकर र वितरकले राम्रो प्रचार गरेर मात्र सिनेमा रिलिज गर्ने योजना बनाउदै सिनेमालाई १ महिना पछाडी धकेलेका हुन् ।