सकियो ‘सयकडा दश’ छायाँकन

सकियो ‘सयकडा दश’ छायाँकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘प्रेमगीत २’ फ्रेम्ड निर्देशक रामशरण पाठक निर्देशित सिनेमा ‘सयकडा दश’को छायाँकन सकिएको छ । सिनेमाको छायाँकन सकिए लगतै निर्माण पक्षले केहि तस्विरहरु पनि सार्वजनिक गरेको छ ।

अमृत ढुंगाना र डेब्यु गर्ल करुणा श्रेष्ठ फिचर्ड फोटोलाई निर्माण टिमले फस्टलूक स्वरुप सार्वजनिक गरेको हो । रिलिज गरिएका फोटोहरु पाँचथरमा खिचिएको गीतसँग सम्वन्धित छन् । सिनेमाको छायाँकन काठमाडौँ, पोखरा र सिन्धुलीमा पनि गरिएको हो ।

भ्रस्टाचारविरुद्द सदाचार समाज निर्माणका लागि पात्रले गर्ने संघर्षको केन्द्रिय द्वन्द उतारिएको सिनेमामा मनोज गजुरेलको पनि मुख्य भूमिका छ । सिनेमामा राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला कलाकार छन् ।

मंसीरमा रिलिज लक्ष्य राखिएको सिनेमालाई त्यसअगाडी च्यारिटी अभियान चलाउने तयारी रहेको निर्माण पक्षले बताएको छ ।

दर्शन नेपाल क्रियसन प्रालिको व्यानरमा बनेको सिनेमालाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । सिनेमामा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीतको संगीत छ ।