सलमानलाई उछिने रनबिरले, सन्जु: पहिलो दिनको कमाई

सलमानलाई उछिने रनबिरले, सन्जु: पहिलो दिनको कमाई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनयमा तारिफसँगै रनबिर कपूरले वर्ष २०१८ का लागि बक्स अफिसमा उत्कृष्ट सुरुवात गरेका छन् । राजकुमार हिरानी निर्देशित सिनेमा ‘सन्जु’ले प्रदर्शनको पहिलो दिन घरेलु बक्स अफिसमा वर्षकै उत्कृष्ट कमाई गरेको छ ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार सिनेमाले पहिलो दिन ३४.७५ करोड कमाई गरेको छ । यसले सलमान खानको ‘रेस ३’लाई उछिनेको छ । दुई साता अगाडी प्रदर्शित ‘रेस ३’ले पहिलो दिन २९.१७ करोड कमाइ गरेको थियो ।
यो रनबिरको करिअरमा पहिलो दिन सर्वाधिक कमाइ गर्ने सिनेमा पनि बनेको छ । यसअघि रनबिरको सर्वाधिक कमाइ गर्ने सिनेमा ‘बेशरम’ थियो । बक्स अफिसमा फ्लप भएतापनि ‘बेशरम’ले २१.५६ करोड बाट बक्स अफिस सुरुवात गरेको थियो ।

 

शुक्रबारदेखि प्रदर्शनमा आएको ‘सन्जु’ले चौतर्फी तारिफ बटुलिरहेको छ । यसले विकेन्डमै सय करोडको आँकडा छुने अनुमान गरिएको छ । सिनेमामा रनबिरका अलावा परेश रावल, विक्की कौसल, मनिषा कोइराला, अनुष्का शर्मा, दिया मिर्जा, सोनम कपूर, जिम सर्ब लगायतका कलाकारको अभिनय छ । सिनेमा अभिनेता संजय दत्तको जीवनीमा आधारित छ ।

 

The Cinema Times TV