२१ वर्षपछि ‘कलंक’मा एकसाथ सञ्जय र माधुरी

२१ वर्षपछि ‘कलंक’मा एकसाथ सञ्जय र माधुरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड अभिनेत्री माधुरी दीक्षीत र अभिनेता सञ्जय दत्तले २१ वर्षपछि एकसाथ काम गरेका छन् । करण जोहरले निर्माण गरिरहेको नयाँ सिनेमा ‘कलंक’मा यो जोडीलाई एक पटक फेरी पर्दामा उतारेका छन् । पुर्व प्रेम जोडीलाई सिनेमामा एकसाथ पर्दामा देख्न नपाउने खबर केहिदिन यता बलिउडमा चलिरहेको थियो ।

यो खबरले सञ्जय र माधुरीका फ्यानलाई निराश बनाएको थियो । यस्तैमा ययो जोडीले एकसाथ थुप्रै सिन एकसाथ छायांकन गरेको खबर बाहिरिएको छ । बलिउड मिडिया पिंकविलाको रिर्पोट अनुसार सिनेमाका लागी उनीहरुले एकसाथ काम गरेका छन् । यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी भने प्राप्त भएको छैन । केही दिन अगाडि सञ्जयसँग लामो समयपछि सिनेमा गर्दा कस्तो अनुभव रह्यो ? भन्दै माधुरीलाई प्रश्न गरिएको थियो । उनले सिधा बोल्न हिचकिचाउँदै भनिन्, ‘कलंक’ मा सञ्जयका अलावा वरुण धवन र आलिया भट्ट पनि छन् ।’

खबरअनुसार, माधुरीले सञ्जयसँग सिन नहुने शर्तमा मात्र करणको सिनेमा गर्न राजी भएकी थिइन् । सञ्जयको जीवनमा माधुरीको महत्वपूर्ण भूमिका छ तर, यी दुईले कहिल्यै यस विषयमा कुनै अफिसियल कमेन्ट गरेनन् । हालै प्रदर्शनमा आएको सञ्जयको बायोपिक ‘सञ्जु’ मा पनि माधुरीसँग जोडिएको एक सिन थियो, तर माधुरीले रिक्वेस्ट गरेपछि त्यसलाई हटाइएको थियो । सञ्जय-माधुरीबीच लामो समयसम्म अफेयर रहेको थियो ।