संजय लिला भन्सालीले बनाउने भए ‘हीरा मंडी’

संजय लिला भन्सालीले बनाउने भए ‘हीरा मंडी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड निर्देशक संजय लिला भन्सालीको नयाँ सिनेमाको नाम ‘हीरा मंडी’ राखिएको छ । यो सिनेमाको अहिले स्कृप्ट लेखनको काम चलिरहेको छ । बलिउड मिडियाका अनुसार सिनेमामा अभिनेत्री प्रिंयका चोपडाको मुख्य भुमिका रहने छ । प्रिंयकाले सिनेमा साइन गरि सकेकी छैनन् । मिडिया रिपोर्टका अनुसार प्रिंयकाले सिनेमाको स्कृप्टको अंन्तिम ड्राफ्टको प्रतिक्षा गरि रहेकी छन् ।

बलउिड मिडियाका अनुसार उक्त सिनेमाको नाम पहिले ‘गंगुवाई कोठेवाली’ रहने चर्चा चलेता पनि अन्तत भन्सालीले सिनेमाको नाम ‘हीरा मंडी’ जुराएका हुन् । यो सिनेमाको अफिसियल घोषणा केहि दिनेमा गर्ने तयारी निर्माण टिमले गरेको छ । ‘हीरा मंडी’को कथा मुम्बईकी महिला डन ‘गंगुवाई कोठेवाली’मा आधारित रहने बताइएको छ । ‘गंगुवाई कोठेवाली’ले एक समय मुम्बईमा एकसाथ धेरै भन्दा धेरै वेश्यालय चलाएकी थिइन् ।

यो सिनेमाको स्कृप्टमा अहिले अंन्तिम चरणमा रहेको छ । बलिउड मिडियाले प्रकाशित गरेको समाचार अनुसार सिनेमाको स्कृप्ट लेखन सकिना साथ सिनेमाको छायांकन प्रारम्भ गरिने छ । यदि प्रिंयकाले यो सिनेमामा काम गरेको खण्डमा मुम्बईककी महिला डन अर्थात गंगुवाई कोठेवालीको भुमिका निर्वाह गर्ने छिन् । गंगुवाई कोठेवालीलाई अहिलेको समयमा मुम्बईको कमाठीपुरमा भगवानको रुपमा पुजा गरिन्छ । गंगुवाई कोठेवाली भएता पनि उनी आफ्नो साथमा रहने महिलाहरुको निकै केयर गर्ने गर्थिन् । जसले गर्दा कमाठीपुरका मानिसहरु अहिले पनि उनलाई निकै इज्जत गर्छन् ।