७ वर्ष अगाडी जिरो फिगरमा संचिता र उषा !

७ वर्ष अगाडी जिरो फिगरमा संचिता र उषा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कुनै समय नेपाली सिनेमामा हावी हुने कंयौ अभिनेत्री अहिले घरजम बसालेर सिनेमाबाट टाढा भएका छन् । कोहि भने पुन: सिनेमा क्षेत्रमा स्थापित हुने कोशिस गरिरहेका छन् ।

यस्तै अभिनेत्रीमा पर्छन संचिता लुइँटेल र उषा पौडेल । विवाह पश्चात उषा सिनेमामा फर्केकी छैनन् । भने उनकी समकालीन अभिनेत्री संचिता भने पुन: स्थापित हुने प्रयास गरिरहेकी छन् । विवाह पश्चात सिनेमामा अभिनय गरे पनि संचिताले पहिलेको जस्तो सफलता पाउन सकेकी छैनन् ।

दर्शकबाट पर्दामा टाढा रहेपनि पुराना कलाकार सामाजिक संजालबाट अझै पनि दर्शक तथा फ्यानसँग जोडीनै रहन्छन । यसै बीच संचिताले उषासँगका पुराना केहि पलहरु फेसबुक मार्फत सार्वजनिक गरेकी छन् । जहाँ यी दुई अभिनेत्री अहिलेको तुलनामा निक्कै भिन्न छन् । घरजम बसालेपछी मोटाएका यी अभिनेत्रीलाई ७ वर्ष अगाडी जिरो फिगरमा देख्न सकिन्छ ।

उषा भन्दा संचिता तुलनात्मक रुपमा धेरै मोटाएकी छन् । फेसबूक क्याप्सनमा संचिता लेख्छिन ‘२०१० डिसेम्बर…(लभ सिम्बोल) मिस आवर डेज फ्रेन्ड….मुम्बई….’

हेर्नुहोस् उषा र संचिताका तस्विरहरु