‘कायरा’मा चकलेटी आर्यन र साम्राज्ञी फाईनल !

‘कायरा’मा चकलेटी आर्यन र साम्राज्ञी फाईनल !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चकलेटी हिरोमा सर्वाधिक रुचाईएका आर्यन सिग्देल र अहिलेकी सर्वाधिक चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अब सँगै पर्दामा देखिने भएका छन् ।

यी दुईले अभिनय गर्ने सिनेमाको ‘वर्किङ टाइटल’ ‘कायरा’ हो । यो सिनेमालाई आर्यन सिग्देलले आफ्नै होमप्रोडक्सन ‘आर्यन  इन्टरटेनमेन्ट’बाट निर्माण गर्दैछन् । सम्पूर्ण छायाँकन फिलिपिन्स हुने सिनेमालाई लक्ष्मण रिजालले निर्देशन गर्नेछन् ।

सिनेमाको लागि अन्य कलाकार तथा प्राविधिक सार्वजनिक गरिएको छैन । आर्यन र साम्राज्ञीसँगै सिनेमामा अभिनय गर्ने भएसंगै ‘कायरा’को प्रतिक्षा सुरु भैसकेको छ । छोटो समयमै दर्शक माँझ नोटिस भएका चर्चित कलाकारको केमेस्ट्री पर्दामा कत्तिको जम्ने हो त्यो त सिनेमा रिलिज पछी नै मुल्याकन हुनेछ । जे होस् आर्यन र साम्राज्ञीको समाचारले यतिबेला सिनेमा क्षेत्र तातो अनुभूति दिलाएको छ ।