सोनमले साइन गरे सुदर्शनको ‘सम्हालिन्छ कहिले मन’

सोनमले साइन गरे सुदर्शनको ‘सम्हालिन्छ कहिले मन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समयका सफल निर्देशक सुदर्शन थापाको निर्देशन रहने नयाँ सिनेमा ‘सम्हालिन्छ कहिले मन’को लागी मुख्य अभिनेताको फाइनल गरिएको छ । यो सिनेमामा मुख्य अभिनेतको रुपमा कभर गायक सोनम तोप्देनलाई अनुबन्धित गरिएको छ । सोनम यसअघि नै फाइनल भएको बताइए पनि उनले सिनेमा साइन भने गरि सकेका थिएनन् । उनले आज शुक्रबार नेपाल आएर आधिकारीक रुपमा सिनेमा साइन गरेका हुन् ।

लभस्टोरी कथामा निर्माण हुने सिनेमामा सोनमको जोडीको रुपमा नायिका पुजा शर्मालाई समेत फाइनल गरिएको छ । पुजाले यहि सिनेमाबाट १५ लाख पारिश्रमिक लिएको चर्चा नेपाली सिनेमा क्षेत्रमा भैरहेको छ । लामो समय पश्चात अभिनेत्री पुजा शर्मा र निर्देशक सुदर्शन थापाले होम प्रोडक्सन भन्दा बाहिरको सिनेमामा काम गरिरहेका छन् । ‘सम्हालिन्छ कहिले मन’को अधिकांश छायाँकन बेलायतमा गरिने निर्माण युनिटले जनाएको छ ।

यो सिनेमाका लगी अर्का एक जना नायकको पनि खोजी भैरहेको छ । सिनेमा ‘सम्हालिन्छ कहिले मन’का लागि अर्जुन पोखरेल, सुगम पोखरेल र सोनमले संगीत तयार पारिरहेका छन् । केही दिन अगाडि मात्र नेपाल आएका सोनम सिनेमाको कथा पढिसकेपछि काम गर्न तयार भएका हुन् ।

सोनमले गाएको बलिउड सिनेमा ‘जब ह्यारी मेट सेजल’को एउटा गीतको कभर युटुबमा सर्वाधिक रुचाइएको छ । भारतीय मुलका सोनम तिब्बतमा बस्दै आएका छन् । उनी, स्टेज कार्यक्रमका लागि विश्वका विभिन्न देशमा पुगिसकको छन् । यूवतीमाझ उनको राम्रै क्रेज भएकाले पनि सिनेमाको व्यापारमा उनको क्रेजले फाइदा गर्ने निर्माणपक्षको वुझाई छ ।