सलमानसंग काम नगर्ने निर्देशक !

सलमानसंग काम नगर्ने निर्देशक !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – अभिनेता सलमान खान पछिल्लो समय निकै चर्चामा छन् । पछिल्लो समय उनि अभिनित पछिल्लो फिल्मले सय करोड बढीको कलेक्सन गर्ने गरेका छन् । आफ्नै फिल्मको रेकर्ड एकपछि अर्को गर्दै सलमान तोडी रहेका छन् । यसैले गर्दा पनि पछिल्लो समय सलमानको स्टारडम आकासिदो छ भन्दा फरक नपर्ला । साथै, सलमानसंग काम गर्न बलिउडमा थुप्रै निर्माता निर्देशक इच्छुक छन् तर सलमानसंग पर्याप्त डेट भने नरहेको खबरले मिडियामा राम्रै चर्चा पाउने गरेको छ ।

सलमानको लागि बर्षौ कुर्ने फिल्ममेकर पनि छन् भने सलमानको लागि आफुसंग कथा नभएको बताउने फिल्म मेकर पनि बलिउडमा छन् । सलमान कै हिट गीतहरु मुन्नी बदनाम हुइ , फेविकल से लगायतका गीतमा कोरियोग्राफी गरेकी फराह खानले सलमानका लागि आफुसंग कथा नरहेको बताएकी छिन । उनले एक प्रेस मिटमा सलमानको लागि आफुले कथा समेत नलेखेको बताइन ।

उनको यो भनाइले यतिबेला बलिउडनै तातेको छ । किनकी अहिले सलमानका लागि जो कोहिसंग पनि कथा छ । फराहले शाहरुख खान तथा अक्षय कुमार जस्ता हिरोसंग भने निर्देशकको रुपमा काम गरिसकेकी छिन् ।