नेपाल पछी सलमान क्यानडा र अमेरिका पुग्ने (भिडियो)

नेपाल पछी सलमान क्यानडा र अमेरिका पुग्ने (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – केहि समय अगाडी मिडियामा बलिउड अभिनेता सलमान खान नेपाल आउने खबरहरु प्रकाशित भए । ओडिसी इन्टरटेनमेन्टको कन्सर्टमा नेपाल आउने खबर कतिले पत्याएका थिएनन ।

तर, उक्त कन्सर्टको बारेमा सलमानले नेपाल आउने बारे एक अन्तर्वार्तामा खुलाएका छन् । ‘टाइगर जिन्दा हे’को सक्सेस पार्टीमा भारतीय मिडियासँग ‘दबंग-द टूर’को बारे कुरा गर्ने क्रममा नेपाल आउँन बाँकी रहेको बताएका छन् ।

अन्तर्वार्तामा उनले हङकङ, अस्ट्रेलिया, न्युजिल्यान्ड र दिल्लीमा सम्पन्न भैसकेको उक्त कन्सर्ट नेपाल पछी क्यानडा र अमेरिकामा हुने जानकारी दिए ।

फागुन २६ गते टुँडिखेलमामा हुने ‘दबंग: द सलमान खान लाईभ इन नेपाल’ कन्सर्टमा यी अभिनेतासँगै कट्रिना कैफ, ज्याक्लिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श र प्रभु देवा नेपाल आउनेछन् । सम्भवत: बलिउड कलाकार भित्रिएको यो नै सर्वाधिक ठुलो कन्सर्ट हुनेछ ।