प्रेम बन्दैछन सलमान ?

प्रेम बन्दैछन सलमान ?

द सिनेमा टाइम्स
0
Shares

सलमान खान आफैलाई मन पर्ने क्यारेक्टरको नामको कुरा गर्दा सबैभन्दा गाडी प्रेम आउछ । उनले यहि नामको साथ् बलिउडमा आफुलाई स्थापित गराएका थिए । मैने प्यार किया मार्फत स्थापित सलमान नचिनिदासम्म प्रेमकै नामले परिचित थिए । उनले बेलाबखतमा दिने अन्तर्वार्तामा आफुले प्रेममा आफुलाई पाउने बताउछन । चुलबुले , मायालु र सहयोगी नै प्रेमको क्यारेक्टर हो । यिनै सलमानले अब फेरी पर्दामा प्रेमको क्यारेक्टर मार्फत दर्शकलाई मनोरंजन दिने भएका छन् ।

सलमान अभिनित सन् २०११ मा प्रदर्शनमा आएको फिल्म ‘रेडी’ को सिक्वेल बन्ने चर्चा यतिबेला छ । सलमान यतिबेला फिल्म ‘भारत’ को काममा व्यस्त छन् भने ‘रेडी’को सिक्वेल बारे पनि सल्लाह भईरहेको छ । ‘भारत’कै निर्माता मध्यका एक भुषण कुमारले निर्देशक अनिश बाज्मीलाई सिक्वेलको लागि सलमानसँग मिटिङ गराईरहेका छन् । तर सलमानले ‘भारत’पछी ‘दबंग ३’ र ‘शेरखान’को लागि समय मिलाइरहेका छन् । अर्थात् उनले फिल्म खेल्ने सहमति दिएमा दर्शकले फिल्मलाई सन् २०२० को अन्त्यसम्म हेर्न पाउनेछन् ।