अपडेट: धरौटीमा सलमान खानको रिहाइ

अपडेट: धरौटीमा सलमान खानको रिहाइ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कालो हरिण शिकारको आरोपमा ५ वर्षको जेल सजाय पाएका सलमान खान रिहा भएका छन् ।

-जोधपुर सेशन कोर्टले सलमानलाई ३.१५ बजे धरौटीमा छोडेको हो । सेशन कोर्टका जज रविन्द्रकुमार जोशीले धरौटीको घोषणा गरेका हुन् ।

-उनि ५० हजार भारु तिरेर जमानतमा रिहा भएका हुन् । ५ वर्षको जेल सजाय सुनुवाई भएपछी सलमानलाई जोधपुर सेन्ट्रल जेलमा लागिएको थियो । जहाँ सलमान ४८ घण्टा कटाए । सलमानको रिहाइ पछी उनका वकिलले हामीलाई न्याय मिल्यो भन्दै खुसि व्यक्त गरेका छन् । भने, उनका हजारौ फ्यानले अदालत बाहिर खुसियाली मनाएका छन् ।

-यदि सेशन कोर्टले सलमानलाई रिहाइ नदिएको भए उनका वकिल महेश बोराले लिंक कोर्टमा जाने बताएका थिए । यदि लिंक कोर्टले पनि रिहाइ नदिएको भए सलमानले अरु दुई दिन जेलमा बिताउनु पर्ने हुन्थ्यो ।

-सलमानको विरुद्द मुद्दा हालेको  विश्नोई समाजले अब उच्च अदालतलाई अपिल गर्न सक्नेछ । त्यस्तै अदालतले अनुमति नदिँदासम्म सलमान विदेश जान पाउने छैनन् । अब सलमानले मे ७ अर्थात एक महिना अगाडी नै अदालतमा उपस्थित हुनु पर्नेछ ।

-न्यायधिसले रिहाइको फैसला गरे पनि सलमानलाई जेलबाट बाहिर निकालिएको छैन । उनले रिहाइ पेपर साइन गरेर जेल पठाईसकेका छन् । उक्त पेपर जेल पुग्न वितिकै सलमान छुट्नेछन् ।