भुवन चन्दले निर्माण गर्ने सिनेमा ‘साइनो’को अफिसियल घोषणा !

भुवन चन्दले निर्माण गर्ने सिनेमा ‘साइनो’को अफिसियल घोषणा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लभस्टोरी कथामा नेपाली सिनेमा ‘साइनो’ निर्माण हुने भएको छ । यो सिनेमालाई आमाबाट नेपाली सिनेमामा डेव्यु गरेकी बरिष्ठ अभिनेत्री भुवन चन्द थापाले निर्माण गर्न लागेकी हुन् । अभिमन्यु निरवीको कथा लेखन रहेको सिनेमाका कार्यकारी निर्माता शरण थापा हुन् ।आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच अभिनेत्री भुवन चन्द थापाले सिनेमा निर्माणको अफिसियल घोषणा गरेकी हुन् । भने यहि सिनेमाबाट निर्देशनमा रमेश थापाले डेव्यु गर्दैछन् । भुवन चन्दले यहि सिनेमाबाट नयाँ अभिनेता राज कुमारलाई नेपाली सिनेमामा डेव्यु गाराउँदै छिन् । सिनेमा ‘साइनो’मा निता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।सिनेमामा रामेश्वर कार्कीको छायंकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराइको द्धन्द्व, बसन्त सापकोटाको संगीत, बनिष शाहको सम्पादन रहने छ । काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका विभिन्न रमणीय ठाँउमा सिनेमाको छायाँकन गरिनेछ । सिनेमाको छायाँकन अवधि ४० दिनको रहने निर्माण टिमले जनाएको छ ।