जापानमा देखाईयो ‘सायद २’

जापानमा देखाईयो ‘सायद २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० लाई  नेपाल रिलिज तय गरिएको फिल्म ‘सायद २’को जापान प्रिमिएर सम्पन्न भएको छ । जापानका लागी नेपाली कार्यबाहक राजदुत कृष्णचन्द्र अर्यालसहित करिब ५०० भन्दा बढि दर्शक ‘सायद २’को प्रिमिएरमा उपस्थित भएको निर्माता सुनिल रावलले बताए ।

प्रिमिएर पश्चात ‘सायद २’लाई राम्रो प्रतिक्रिया मिलेको बताइएको छ । राजदुत अर्यालले पनि फिल्म उत्कृष्ट बनेको बताए । एनआरएन जापानका अध्यक्ष सुधन थापाले पनि फिल्म हेरेर सकारात्मक प्रतिक्रिया दिएको कुरा निर्माण युनिटले खुसी हुदै बतायो ।

युवापुस्तालाई लक्षित गरी प्रेमकथामा निर्माण भएको यो फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । नेपालबाट निर्मात्री दुर्गिस थापा, निर्माता सुनिल रावल, अभिनेता सुशील श्रेष्ठ, संचारकर्मी श्याम अर्याल र सचित खड्का प्रिमिएरको लागी जापान पुगेका थिए ।

फिल्ममा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, सोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धिलाल मगर लगायतका कलाकारको अभिनय छ । ‘सायद २’मा राजुविक्रम थापाको छायांकन , अष्ट महर्जनको द्वन्द, गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन छ ।