‘रुद्रप्रिया’का विशेषता र बलिया पक्ष !

‘रुद्रप्रिया’का विशेषता र बलिया पक्ष !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ रेखा थापा नेपाली सिनेमा क्षेत्रकी सर्वाधिक रुचाइएकी अभिनेत्री हुन् । लामो समयसम्म यस क्षेत्रमा राज गर्न सफल रेखा अहिले पनि उत्तिकै सक्रिय छन् ।

अभिनय, निर्माण, निर्देशनबाट दर्शकको मन मुटुमा बस्न सफल भएकी यी अभिनेत्रीका आफ्नै निर्माण रहेका कुनै पनि सिनेमा अफसल भएका छैनन् । होम प्रोडक्सन सिनेमामा अब्बल रहेकी रेखाको अब ‘रुद्रप्रिया’ प्रदर्शनको क्रममा छ ।

कार्तिक २ गते रिलिज हुने यो सिनेमा बिभिन्न कारणले प्रतिक्षित छ । पहिलो त रेखा फिल्मसको व्यानरमा निर्माण हुने सिनेमा जहिले दर्शक माँझ प्रतिक्षित हुन्छन् । त्यस्तै ६० को दशकको हिट जोडी रेखा र आर्यनको पुनरागमन: ‘किस्मत’, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’बाट यी दुई स्टारलाई अत्याधिक रुचाइएको थियो । त्यसैले ‘रुद्रप्रिया’ रेखा, आर्यन र रेखा/आर्यन जोडीको फ्यानका लागि उत्तिकै प्रतिक्षित छ । उसै त रेखा आफ्नै स्टारडममा दर्शक हलसम्म तान्न सक्ने अभिनेत्री पनि हुन् ।

गीत/संगीत, कथाबस्तु, नयाँ टिम र निर्देशकका कारण पनि ‘रुद्रप्रिया’ प्रतिक्षित छ । यसअघि नारी एक्सन प्रधान सिनेमाबाट दर्शक माँझ पुगेकी रेखा यस पटक भने भिन्न कथाबस्तुमा प्रस्तुत भएको सिनेमाको ट्रेलर हेरेर अनुमान लगाउँन सकिन्छ । सिनेमा रिलिज अगावै ‘रुद्रप्रिया’का सबै गीत चाटबस्टरमा हिट छन् । निर्देशक सुदीप बबी भुसाल सिंहले रेखा फिल्मसबाट डेब्यु गर्दैछन् । त्यस्तै संगीतमा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, कोरियोग्राफीमा प्रविन सिंह, अभिनेता राजन इशान र निर्माता एमके पौडेलले पनि रेखा फिल्मसमा डेब्यु गरेका छन् ।

त्यस्तै सिनेमाको प्रचारका लागि सार्वजनिक गरिएका सामाग्रीहरुको क्वालिटीका कारण ‘रुद्रप्रिया’ले दर्शक मन जित्न सक्ने अनुमान लगाउँन सकिन्छ । सिनेमामा सरस्वती थापा र आर्यन फिल्मसको निर्माण रहेको छ ।