रेखा र आर्यनको ‘रुद्रप्रिया’लाई पिजी, हरेक नारीले हेर्ने पर्ने !

रेखा र आर्यनको ‘रुद्रप्रिया’लाई पिजी, हरेक नारीले हेर्ने पर्ने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक २ गते रिलिज हुने प्रतिक्षित सिनेमा ‘रुद्रप्रिया’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको छ ।

अब सिनेमालाई १६ वर्ष भन्दा तलका दर्शकले अभिभावकको निगरानीमा सिनेमा हेर्नु पर्नेछ । सेन्सरमा सिनेमा हेरेपछि पधाधिकारीहरुले राम्रो सिनेमा हेर्न पाएको प्रतिक्रिया दिएको अभिनेत्री रेखा थापाले जानकारी दिईन । ‘सिनेमाको कुनै पनि भाग कटाईएको छैन । केहि एक्सनका दृश्य भएकाले पिजी सर्टिफिकेट दिनु भयो । साथै, सेन्सरबाट प्रत्येक नारीहरुले छुट्टाउनै नहुने राम्रो सिनेमा बनेको प्रतिक्रिया दिनुभयो ।’ रेखाले भनिन् ।

रेखा फिल्मसको व्यानरमा निर्माण भएको ‘रुद्रप्रिया’लाई सुदीप बबी भुसाल सिंहले निर्देशन गरेका हुन् । रमेश एमके पौडेलले निर्माण गरेको सिनेमामा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ ।

सरस्वती थापा र आर्यन फिल्मस समेत निर्माता रहेको यस सिनेमामा रेखाका अलावा आर्यन सिग्देल, राजन इशान र टिका पहारीको पनि अभिनय छ ।