भव्य सेटमा रेखा र आर्यनको ‘रुद्रप्रिया’ !

भव्य सेटमा रेखा र आर्यनको ‘रुद्रप्रिया’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । कात्तिक २, लक्ष्मी पूजामा प्रदर्शन हुने सिनेमा  ‘रुद्रप्रिया’को एक गीत महंगो सेट लगाएर गीत खिचिएको छ । बन्दीपुरमा लगाइएको आउट डोर सेटको खर्च १८ लाख हाराहारी पुग्ने निर्मात्री रेखा थापाले बताइन् । सेट भव्य नै बनेको छ, रेखाले भनिन्, सेट अनुसारको सबै काम भव्य भैरहेको छ । राजनराज सिवाकोटीको संगीत रहेको गीतमा रेखा र आर्यन सिग्देल फिचरिङ छन् । कोरियोग्राफी प्रविण सिंहको छ ।
गत एक सातादेखि सुरु भएको गीतको सुटिङ यसै साता सकिने रेखाले बताइन् । बन्दीपुरपछि पोखराको सुटिङ सकेर ‘रुद्रप्रिया’ टोली काठण्माडौं फर्किनेछ । राजधानीको केही दिनको काम पछि सिनमाको सम्पूर्ण सकिने रेखाको भनाई छ । सुदीप बबी भूपाल सिंहको निर्देशन रहेको सिनेमालाई संजय लामाले खिचिरहेका छन् । ‘रुद्रप्रिया’मा सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् ।