निखील उप्रेतीको संगीतमा बनेको ‘रुद्र’ गीत सार्वजनिक (भिडियो)

निखील उप्रेतीको संगीतमा बनेको ‘रुद्र’ गीत सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । साउन १३ गते प्रदर्शन हुने सिनेमा ‘रुद्र’को पहिलो गीत सार्वजनिक गरिएको छ । शेर्पाली फ्लेवरमा निर्मित गीतमा सिनेमाका मुख्य कलाकार विश्व शर्मा र सारा फिचरिङ छन् ।

जगदीस्वर थापाको शब्द समावेश गीतमा नेपाली र अंग्रेजी शब्दको समिश्रण पाइन्छ । अभिनेता निखिल उप्रेतीको संगीतमा तयार भएको गीतमा शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना आमात्यको स्वर समावेश छ । गीतमा सिनेमाका निर्देशक रामजी लामिछानेको कोरियोग्राफी  छ ।

रिलिज हुन् १ महिनाको समय बाँकी रहदा निर्माण युनिटले सिनेमाको प्रचार-प्रसार व्यापक बनाउदै छ । केहि दिन अगाडी रिलिज ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । सौरभ लामाले खिचेको सिनेमामा निखिल उप्रेती पहिलो पटक भिलेनको भूमिकामा देखिदै छन् ।

सिनेमामा निखिलसँगै विश्व शर्मा, सारा, गोपाल कायस्थ लगायतका कलाकारको अभिनय छ ।

https://youtu.be/NY6zh118s2Y