सारा निखिलको या विश्वको ? (भिडियो)

सारा निखिलको या विश्वको ? (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । साउन १३ मा प्रदर्शन हुने सिनेमा ‘रुद्र’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमिमा हँराए’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार निखिल उप्रेती, विश्व र सारा फिचरिङ छन् ।

दिनेश सुनमको संगीत समावेश गीतमा कृष्ण काफ्ले र मिना निरौलाको स्वर छ । लोकराज अधिकारी र सुशील पँगेनीको शब्दमा बनेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी भरेका छन् ।

रिलिज हुन् १ महिनाको समय बाँकी रहदा निर्माण युनिटले सिनेमाको प्रचार-प्रसार व्यापक बनाउदै छ । केहि दिन अगाडी रिलिज ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

गीतमा सौरभ लामाको छायाँकन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । रामजी लामिछाने निर्देशित सिनेमामा निखिल उप्रेती, विश्व शर्मा र साराको मुख्य भूमिका छ ।

https://youtu.be/tZp7Dmfetbc