‘रोज’को विशेष शोमा मिरुनालाई प्रशंसाको ओइरो !

‘रोज’को विशेष शोमा मिरुनालाई प्रशंसाको ओइरो !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं प्रदीप खड्का स्टारर सिनेमा ‘रोज’ निर्माण टिमले शुक्रबार बिहान काठमाडौंको बिग मुभिजमा विशेष शोको आयोजना गरेको थियो । जहाँ ‘रोज’ हेर्न निर्माण टिम र सिने पत्रकारको बाक्लो उपस्थीती रहेको थियो । सस्पेन्स क्राइम थ्रिलर कथामा निर्माण भएको सिनेमालाई मल्टिप्लेक्स हलहरुलेउच्च शो दिएका छन् ।

निरक पौडेले निर्देशन गरेको सिनेमा ‘रोज’ले भविष्यमा पाइलट बन्ने लक्ष्य सहित अध्ययन गरिरहेको एक युवाको प्रेम जीवनमा आउने उतारचढावको कथा पेश गरेको छ । यो सिनेमाका प्रदीपको ओपजिटमा नायिकाद्धय परमिता आरएल राणा र मिरुना मगर देखिएका छन् । चकलेटी ब्वाई प्रदीपको फरक गेटअप र रोजी महर्जनको हत्या प्रकरणबाट प्रेरित रहेको चर्चाले सिनेमाप्रति दर्शकको नजर निर्माण अगावैदेखि अडिएको थियो । शुक्रवार बिहान सिनेमाको ओपनिङ अकुपेन्सी ४० प्रतिशतको आसपास छ ।

अभिनेत्री मिरुना मगरको अभिनयको अधिकांशले मुक्तकण्ठले प्रशंसा गरेका छन् । वकिलको भूमिका निर्वाहा गरेकी उनको सुन्दरता, अभिनय र डाइलग डेलिभरी उत्कृष्ट छ । ‘लालपूर्जा’बाट अभिनयमा डेब्यु गरेकी उनलाई अझै केही मिहिनेत गरेको खण्डमा नेपाली सिनेमा क्षेत्रले सम्भावना बोकेको नायिकाको रुपमा हेर्न सक्नेछ ।

सिनेमा हेर्न पुगेका रोजी महर्जनका पिता गोबिन्द महर्जनले छोरीको हत्या प्रकरणसँग सिनेमा नमिलेको बताए । ‘नाम मिलेको थियो । हाम्रो आग्रहमा निर्माता र निर्देशकले नाम परिवर्तन गर्नुभयो । अदालतका केही दृश्यहरु मिलेका छन् । बाँकीमा हाम्रो दुखेसो छैन’, उनले भने ।