निशा, हसन र ओसिमाको विछोड, ‘रोमियो’ स्याड सङ रिलिज

निशा, हसन र ओसिमाको विछोड, ‘रोमियो’ स्याड सङ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । कार्तिक १७ लाई प्रदर्शन मिति तय गरेको सिनेमा ‘रोमियो’को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो यादमा…’मा बोलको रिलिकल भिडियोमा केहि चल दृश्य पनि समेटिएका छन् ।

गीतमा सिनेमाका तिन मुख्य कलाकार निशा अधिकारी, हसनरजा खान र ओसिमा बनुको विछोडको देखाउन खोजिएको छ । कुर्वान अलि खानको शब्द संगीतमा तयार भएको गीतमा अमृता लिम्बु र संगीतकार स्वयम्कै स्वर रहेको छ ।

शंकर कार्कीको डेब्यु निर्देशन रहेको सिनेमालाई एचआरके प्रोडक्शन र को प्रस्तुतीमा हसनरजाले निर्माण गरेका हुन् |  सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन, रामेश्वर कार्कीको छायांकन, किरण माइकलको लेखन, अष्ट महर्जनको एक्सन छ । सिनेमाको कार्यकारी निर्माताको रुपमा मिलन सापकोटा रहेका छन् ।