‘विकिनी गर्ल’सँग प्रेसमिटमा विनयको इन्ट्री, यस्तो छ गीत

‘विकिनी गर्ल’सँग प्रेसमिटमा विनयको इन्ट्री, यस्तो छ गीत

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ११ गते रिलिज हुने सिनेमा ‘रोमियो एण्ड मुना’को गीत र पोस्टर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित प्रेसमिटमा निर्माण टिमले केहि भिन्न गरेर सिनेमाको पहिलो प्रचार सामाग्री सार्वजनिक गर्यो ।

सम्भवत: पहिलो पटक प्रेसमिटमै अभिनेता विनय श्रेष्ठले दुई ‘विकिनी गर्ल’सँग इन्ट्री गरे । जुन अन्य भन्दा भिन्न देखियो ।  सार्वजनिक गीतमा यी अभिनेताले केहि ‘विकिनी गर्ल’सँग कम्मर पनि मर्काए ।

अमेरिकाको समुन्द्रमा खिचिएको ‘स्याण्डविच मि…’ बोलको गीतमा विनय र विकिनी कोरस प्रस्तुत भएका छन् । गौरभ डगोवंकरले संगीत भरेको गीतमा अर्ल युआरअल एड्गरको स्वर छ । उज्जवल सिंह निर्देशित गीतमा प्रताप सिंहको कोरियोग्राफी छ ।

नरेशकुमार केसी निर्देशित सिनेमाको पटकथा लेखक स्वयम् हुन् । भने, संवादमा निरज महर्जन र निर्देशक नै रहेका छन् । विनय श्रेष्ठ, प्रशन्न गोपाली, राम शर्मा र कबिन शाक्य निर्माता रहेको सिनेमामा विनयका अलावा सृष्टि श्रेष्ठ, प्रज्वलसुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका छ ।

सिनेमाको छायाँकारहरुमा दीपंकर सिक्दर, बाबु श्रेष्ठ र एनड्रिउ बार्ड रहेका छन् । लोकेश बज्राचार्यको सम्पादन रहेको गीतमा गौरभ डगोवंकर/कोशीस क्षेत्री/कालीप्रसाद बाँस्कोटा/अर्लको संगीत, प्रताप सिंह/राजिव समर र रेनषा राईको कोरियोग्राफी छ ।