कंगनाको आग्रह ऋतिकलाई बलिउडबाट बहिष्कार गरौं !

कंगनाको आग्रह ऋतिकलाई बलिउडबाट बहिष्कार गरौं !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड अभिनेत्री कंगना रणावतले नायक ऋतिक रोशनलाई पनि ‘मि टु’ मा मुछिदिएकी छन् । कुनै बेला उनीहरु प्रेममा चुर्लुम्म डुबेका थिए । ‘मि टु’ आतंकले सिंगै बलिउड तातेको बेला कंगनाले ऋतिकको नाम लिएकी हुन् । उनले एक अन्तरवार्तामा ऋतिकलाई बलिउडबाटै बहिष्कार गर्नसमेत आग्रह गरिन् ।

कंगना भन्छिन्, ‘ह्यारेसमेन्ट भनेको शारीरिक मात्रै हुँदैन मानसिक पनि हुन्छ । घरमा श्रीमती हुँदाहुँदै कुनै तरुनी केटीलाई विभिन्न प्रलोभन देखाएर शारीरिक सम्वन्ध राख्नु र पछि पागलको संज्ञा दिनु पनि एक किसिमको ह्यारेसमेन्ट हो । यस्ता व्यक्तिहरुलाई पनि इन्डष्ट्रीबाट सफाइ गर्नुपर्छ ।’

त्यसपछि उनले ऋतिकको नामै उच्चारण गरिन् । कंगनाले भनिन्, ‘हो म ऋतिक रोशनकै कुरा गर्दैछु । उनीसँग कसैले पनि काम गर्नु हुँदैन ।’ विवाहित ऋतिकसँग कंगनाको लामो समय प्रेम थियो । तर, उनीहरु पछि छुट्टएि । ब्रेकअपसँगै उनीहरुको सम्वन्धमा तिक्तता आयो र सामाजिक सञ्जालमा आरोप प्रत्यारोप गरे । अहिले यो प्रसंग अलि सेलाएको थियो ।

कंगनाले निर्देशक बिकास बहलमाथि पनि यौनशोषणको आरोप लगाएकी छन् । उनले सिनेमा ‘क्वीन’ मा काम गर्दा उनी आफूसित अनावश्यकरुपमा नजिकिन खोजेको र कपालमा घुस्रिने गरेको बताएकी थिइन् । तर, ऋतिकले यिनै विकाससँग सिनेमा ‘सुपर ३०’ मा काम गरेका छन् । विकासमाथि लागेको आरोपबारे ऋतिकले मुख खोलीसकेका छन् । यद्यपि, बिकासमाथि यो सिनेमा छोड्न दवाव परिरहेको छ ।